श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – दैनिक जीवनमा गर्नुपर्ने कार्यहरु

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< अपचार

श्रीवैष्णवहरुले तलका बुँदाहरु राम्राेसंग मनन गर्दै उक्त बुँदाहरुकाे दैनिक जीवनमा पालना गर्नुपर्छ ।

 

१‍ श्रीवैष्णवहरुकाे वर्ण, अाश्रम, ज्ञान जे।जस्ताेसुकै भए पनि हरेक श्रीवैष्णवहरुलाई अादर तथा सम्मान गर्नुपर्छ । भगवानले हामीबाट यहि नै अपेक्षा गर्नुहुन्छ ।

२ अहमता र घमण्ड रहित सादा जीवन जीउनु पर्छ । हामीले अात्मा र परमात्माकाे प्रकृति बुझ्याै‌ं भने हामीमा कदापि अहमता अाँउदैन ।

३ अाफ्नाे अाचार्यसंग नित्य अन्तरक्रिया गर्नुपर्छ । सकेसम्म अाफ्नाे अाचार्यलाई शारीरिक, मानसिक तथा अार्थिक रुपले यथासक्य सहयाेग गर्नुपर्छ ।

४ अाफ्नाे वर्ण तथा अाश्रमकाे नियमानुसार स्नान, उर्ध्व पुण्ड्र धारण, सन्ध्यावन्दन अादि नित्य कर्म अनुष्ठानहरु गर्नुपर्छ । नित्य कर्म अनुष्ठानले नै अान्तरिक तथा बाह्य शुद्दिका साथै हामीलाई ज्ञान प्रदान गर्दछ ।

५ प्रष्ट देखिने श्री तिलक नित्य धारण गर्नुपर्दछ किनकी श्रीतिलक नै हाम्राे पहिचान हाे । कुनै लाज मान्नुपर्ने अावश्यक छैन ।

६ श्रीवैष्णवले लगाउने परम्परागत कपडा धारण गर्नुपर्दछ । हामी काे हाैं , के हाैं र हाम्राे पूर्वाचार्यहरुले दिनुभएकाे संस्कार के हाे । यसमा लाज मान्नु हुँदैन ।

७ भगवान श्रीमन्नारायण, अाल्वार तथा अाचार्य बाहेक अन्य देवि देवताहरुकाे अाराधना तथा महिमा गान गर्नै हुँदैन । याे नै हाम्रा पूर्वाचार्यहरुले हामीलाई सिकाउनु भएकाे मुख्य सिद्दान्त हाे । हाम्राे र भगवानकाे सम्बन्ध श्रीमान र श्रीमतिकाे सम्बन्ध जस्ताे हाे । हामी जीवात्मा स्त्रीलिंग र भगवान एकमात्र पुरुष हाेइबक्सन्छ । त्यसैले अन्य देवि देवाताकाे अारधना गर्नै हुँदैन ।

८ अाफ्नाे घरमा नित्य भगवान सेवा गर्नु पर्छ । भगवानले हामीमाथि अकारण करुणा राख्दै हाम्राे सेवा लिन हाम्राे घरमा पाल्नु भएकाे छ । त्यसैले घरमा भगवान सेवा नगर्दा भगवान खिन्न हुनुहुन्छ र यसले हाम्राे र भगवानकाे सम्बन्धमा दरार ल्याउँछ । हामी यात्रामा अन्यत्र जाँदा समेत घरकाे भगवानलाई साथै लिएर जानु पर्छ अथवा त्यसाे गर्न नसके काेहि प्रपन्न श्रीवैष्णवलाई भगवान सेवाकाे जिम्मा दिनुपर्छ तर भगवानलाई घरमा थुनेर अाफु यात्रामा जानु हुँदैन । भगवान सेवा सम्बन्धि विस्तृत लेखका लागि याे लिंकमा जानुहाेला । https://granthams.koyil.org/2012/07/srivaishnava-thiruvaaraadhanam/.

९ अाफ्नाे वर्ण र अाश्रम अनुसार शास्त्रले निर्देश गरे बमाेजिमकाे भाेजन अनिवार्य भगवान, अाल्वार तथा अाचार्यहरुलाई भाेग लगाएर मात्र ग्रहण गर्नुपर्छ । भगवानलाई भाेग नलगाएकाे केहि पनि पदार्थ ग्रहण गर्नुहुँदैन । अाहार नियम सम्बन्धि यस लिंकमा थप जानकारी पाउन सकिन्छ ।https://granthams.koyil.org/2012/07/srivaishnava-aahaara-niyamam_28/ and https://granthams.koyil.org/2012/08/srivaishnava-ahara-niyamam-q-a/.

१० श्रीवैष्णवहरुकै संगत गरि सम्प्रदाय सम्बन्धि विषयहरुकाे चर्चा गर्नुपर्छ र अाध्यात्मिक प्रगतिकाे पथमा लाग्नु पर्छ ।

११ सके सम्म दिव्य देशहरु एवं अाल्वार अाचार्यहरुका अवतार तथा अभिमान स्थलहरुमा नित्य वास गरि सेवा गर्नुपर्छ र यदि याे सम्भव छैन भने उक्त स्थानहरुकाे निरन्तर भ्रमण गरि भविष्यमा उक्त स्थानहरुमा सेवा गर्ने याेजना बनाउनु पर्छ ।

१२ दिव्य प्रवन्धहरु हाम्राे जीवनकाे अभिन्न अंग हुनुहुन्छ । दैनिक दिव्य प्रवन्ध पाठ गर्ने, पूर्वाचार्यहरुले गर्नुभएकाे दिव्य पबन्धका व्याख्याहरु अनुसन्धान गर्ने र दिव्य पबन्धका सिद्दान्तहरुलाई दैनिक जीवनमा अनुसरण गर्नु नै श्रीवैष्णवकाे सच्चा लक्षण हाे । दिव्य प्रबन्धकाे अनुसन्धानले हामीलाई संसारबाट माेह भंग गराई भगवान र भागवत प्रति नजिक ल्याउँछ ।

१३ हाम्रा पूर्वाचार्यहरुकाे जीवनि नै हाम्रालागि प्रेरणाकाे श्राेत हाे । उहाँहरुले सारा जीवन सारा जीवात्माहरुकाे कल्याणमा लगाउनु भयाे र अाज हामीलाई अाइपर्ने सारा दुख तथा अप्ठ्यारा क्षणहरुकाे समाधान समेत उहाँहरुकाे जीवनिकाे अध्ययनले सिकाउँछ ।

१४ पूर्वाचार्यहरुकाे लेख तथा भाष्यहरुकाे अध्ययन गर्नुपर्छ । पूर्वाचार्यहरुका वेद वेदान्त, स्ताेत्र ग्रन्थ, दिव्य प्रबन्ध अादिका व्याख्यानहरुकाे अध्ययनमा दैनिक केहि समय छुट्याउनै पर्छ । हाम्राे सम्प्रदाय सम्बन्धि सारा जानकरीका लागि यस लिंकमा जानुहाेला । (https://koyil.org/index.php/portal/)

१५ हाम्राे सम्प्रदायकाे अाधारभुत तथ्यहरु जान्नका लागि विद्वानहरुबाट नित्य कालक्षेप सुन्नुपर्छ । अाजकल विद्युतिय माध्यमबाट विभिन्न विद्वानहरुका कालक्षेप सुन्न पाईन्छ । घरमा अाजकल विद्युतिय माध्यमबाट कालक्षेप सुन्दा समेत साक्षात अाचार्यकै समिपमा बसेर सुनिरहेकाे भावना गर्दै शुद्दाशुद्दिमा ध्यान दिनुपर्छ ।

१६ सधैं नै कुनै न कुनै कैंकर्यमा लाग्नु पर्छ । शास्त्रकाे अनुसार कैंकर्य बिनाकाे भक्तिकाे कुनै अर्थ हुँदैन । शारीरिक, मानसिक, अार्थिक तथा बाैदिक रुपमा भगवान, अाल्वार तथा अाचार्यहरुमा कैंकर्य गर्नुपर्छ । कैंकर्य गर्ने धेरै तरिका हुन्छन् । नित्य केहि न केहि कैंकर्य गरि भगवान र भागवतहरुकाे सत्संगमा रहनुपर्छ ।

१७ भागवत तथा अन्य व्यक्तिहरुलाई भगवान, अाल्वार तथा अाचार्यकाे बारेमा अाफुलाई जानकारी भए सम्म ज्ञान दिनुपर्छ । यसरी नित्य सम्प्रदाय सम्बन्धि वार्तालाप गर्दा सुन्ने र सुनाउने दुबैकाे ज्ञान बढ्दछ । हाम्रा पूर्वाचार्यहरुले सारा जीवन ज्ञान प्रदान गरी बिताउनु भयाे । याे हाम्राे पनि दायित्व हाे कि हामीले सम्प्रदायकाे ज्ञान हाम्रा ईष्टमित्र तथा अन्य सबैलाई बाँडाैं ।

१८ अन्तमा हामी सबैले परम पदमा भगवान श्रीपरवासुदेवकाे ध्यान गर्दै जीवन यापन गर्नुपर्छ । एक सच्चा श्रीवैष्णवले कदापि मृत्यु देखि डराउनु हुँदैन किनकी परम पदमा हामीले नित्य सेवाकाे अवसर पाउँछाैं । हाम्रा अाल्वार तथा अाचार्यहरुले यस लाेकमा नित्य भगवानकाे सेवा गर्नु भयाे र परम पदमा पुगे पश्चात पनि साेहि सेवा गर्न पाउने अभिलाषा राख्नुभयाे ।

अाल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – https://granthams.koyil.org/2016/01/simple-guide-to-srivaishnavam-important-points/

archived in https://granthams.koyil.org/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org

Leave a Comment