श्रीः श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः
श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन
पञ्च संस्कारको माध्यमबाट कसरी जीवात्माले श्रीवैष्णव भएर जीवनको यात्रा शुरु गर्दछ भनेर विषय पछिल्लो लेखमा वर्णन गरीयो । यस सम्प्रदायमा भएको अद्भुत आचार्य शिष्य सम्बन्धको बारेमा पनि जानकारी लिइयो । हाम्रो सम्प्रदायमा भएको यस्तो अद्भुत आचार्य शिष्य सम्बन्धको बारेमा हाम्रा पूर्वाचार्यहरुको सूक्तिहरुको आधारमा यो लेख तयार पारिएको छ ।
शास्त्रको अध्ययन गरेर शास्त्रको आदेशलाई आफ्नो व्यवहारमा लागू गरी शास्त्रकै अध्यापन गर्ने महापुरुषलाई आचार्य भनिन्छ । भगवान विष्णुको परत्व अर्थात सर्वोच्चता स्वीकार नगर्ने व्यक्ति सन्यासीनै भए पनि उ चाण्डाल हो भनेर शास्त्रमै उल्लेख भएको विषय हो । त्यसैले आचार्य श्रीवैष्णव नै हुनुपर्दछ । श्रीवैष्णव अर्थात जसले भगवान श्रीमन्नारायणलाई नै सर्वोच्च परामात्मा स्वीकार गर्दछ र आफ्नो हरेक क्षणमा भगवानकै भक्ति गर्दछ । हाम्रा पूर्वाचार्यहरुको शब्दमा हामीलाई मुल मन्त्र, द्वय मन्त्र र चरम मन्त्रको उपदेश गर्दै हामीलाई पञ्चसंस्कार गराउनुुहुने महापुरुषलाई आचार्य भनिन्छ ।
आचार्यको सन्निधिमा रहेर शिक्षा हासिल गर्ने व्यक्तिलाई शिष्य भनिन्छ । आचार्यको प्रत्यक्ष मार्गदर्शनमा शिष्यले आफुलाई आचार्यको इच्छानुसार नयाँ स्वरुपमा ढाल्दछ ।
श्रीरामानुज स्वामी र श्रीकूरेश स्वामी (उदाहरणीय आचार्य शिष्य)
आचार्य शिष्यको गुण वैभवहरुको बारेमा हाम्रा पूर्वाचार्यहरुले विस्तृतमा चर्चा गर्नुभएको छ । आचार्य शिष्य सम्बन्धलाई पूर्वाचार्यहरुले शास्त्रमै उल्लेख भए अनुसार पिता पुत्रको सम्बन्धसंग जोड्नुभएको छ । जसरी पुत्र सदैव आफ्नो पिता प्रति कृतज्ञ र निर्भर रहेको हुन्छ त्यसरी नै शिष्य पनि आफ्नो आचार्य प्रति कृतज्ञ र निर्भर रहेको हुन्छ ।
भगवत गीतामा गीताचार्य भगवान श्रीकृष्ण भन्नुहुन्छ “तद् विद्दि प्रणिपातेन परि प्रश्नेन सेवया । उपदेक्षन्ति ते ज्ञानम् ज्ञानिन तत्व दर्शिनः” यो श्लोकले आचार्य र शिष्यको गुणलाई प्रष्ट पार्दछ । हामीले विनम्रता पुर्वक आचार्यको समीपमा गई आचार्यको सेवा गरी विनम्रता पुर्वक सेवा गरी अत्यन्त नम्र भइ आचार्यलाई सम्प्रदाय सम्बन्धि जिज्ञासा राख्नुपर्दछ भनेर भगवान पहिलो पङ्क्तिमा भगवान भन्नुहुन्छ । तत्पश्चात आचार्यले हामीलाई तत्व ज्ञान (भगवान सम्बन्धि ज्ञान) प्रदान गर्नुहुन्छ भनेर दोश्रो पङ्क्तिमा भगवान भन्नुहुन्छ ।
आचार्यमा हुनुपर्ने केही गुणहरुको चर्चा यस प्रकार छ ।
- आचार्यलाई महालक्ष्मीसंग तुलना गरिन्छ किनकि आचार्यले हामीलाई मोक्ष प्रदान गर्नको लागि भगवानमा सिफारिस (पुरुषकार) गर्नुहुन्छ ।
- महालक्ष्मीले जस्तै आचार्यले पनि आफुलाई भगवानको दास मान्नुहुन्छ र भगवानलाई नै एकमात्र उपाय मानी सबै कार्यहरु भगवानको प्रसन्नताको लागि गर्नुहुन्छ ।
- आचार्यले परिपूर्ण कृपादृष्टीले शिष्यलाई स्वीकार गर्नुहुन्छ, शिष्यमा आत्माज्ञान तथा वैराग्यको विकास गर्नुहुन्छ र शिष्यलाई भगवत/भागवत कैंकर्यमा अाबद्द गराउनु हुन्छ ।
- श्रीवरवरमूनी स्वामीजीको दिव्य सूक्तिमा उल्लेख भए अनुसार आचार्य सधैं आफ्नो शिष्यको आत्मा रक्षण गर्नमा लागि पर्नुहुन्छ ।
- श्री पिल्लै लोकाचार्य स्वामीजी भन्नुहुन्छ “आचार्यलाई आफ्नो बारेमा, शिष्यको बारेमा र अन्तिम लक्ष्यको बारेमा पूर्ण ज्ञान हुन्छ ।”
- आफुलाई आचार्य नमानीकन आफ्नो आचार्यलाईनै आचार्य मान्नुहुन्छ ।
- आफ्नो शिष्यलाई समेत आफ्नो शिष्य नमानीकन आफ्नो आचार्यको शिष्य मान्नुहुन्छ ।
- आचार्यले सधैंभरी एक परिपक्व शिष्य निर्माण गर्ने उद्देश्य राख्नुहुन्छ जसले नित्य निरन्तर भगवानको मंगलाशासन मात्र गरिरहन्छ ।
- वार्तामाला ग्रन्थमा उल्लेख भए अनुसार र सामान्य शिष्टाचारको धर्ममा पनि आचार्यले आफ्नो शिष्यलाई अत्यन्त आदारका साथ व्यवहार गर्नुहुन्छ किनकी शिष्यले आचार्यको गुण, अनुभवको विश्लेषण बिना नै शास्त्रको आदेशानुसार आचार्यबाट सरंक्षणको लागि आचार्यमा आफुलाई समर्पण गर्नुहुन्छ ।
- पूर्वाचार्यहरु बताउनुहुन्छ कि स्वयं भगवान पनि आचार्य बन्न रुचाउनुहुन्छ । त्यसैले हमीहरुको गुरुपरम्परा अनुसार भगवान प्रथमाचार्य हुनुहुन्छ । र, भगवान आफ्नो लागि आचार्यको चयन समेत गर्न रुचाउनुहुन्छ । त्यसैले भगवानले श्री वरवरमुनी स्वामीजीलाई आफ्नो पूर्ण आचार्य स्वीकार गर्नु भयो ।
शिष्यमा हुनुपर्ने गुणहरु यस प्रकार छन् ।
- पिल्लै लोकाचार्य स्वामीजी भन्नुहुन्छ ।
- शिष्यले आफुलाई एेश्वर्य र आत्मानुभव जस्ता विषयहरुबाट पर राखी मात्र भगवान र आचार्यमा केन्द्रीत राख्नुपर्छ।
- कुनै पनि समयमा कुनै पनि प्रकारबाट आचार्यको सेवा गर्न शिष्य सधैंभरि तयार रहनुपर्छ ।
- यस लौकिक संसारको सुखबाट शिष्य टाढा रहनुपर्छ ।
- शिष्यमा सदा भगवत विषय र आचार्य कैंकर्यको अभिलाषा हुनुपर्दछ ।
- भगवत भागवतहरुको प्रशंसा सुनेर शिष्यमा कहिल्यै पनि ईर्श्याको भावना जाग्नु हुँदैन ।
- आफ्नो जीवन यापनको लागि चाहिने आधारभुत धन मात्र आफुसंग राखि बाँकी धन आफ्नो आचार्यको मान्नु पर्दछ ।
- यामुनाचार्य स्वामीजीले वर्णन गर्नुभए अनुसार आफ्नो आचार्यलाई नै आफ्नो सर्वोपरि मान्नु पर्दछ ।
- शिष्यले आफ्नो आचार्यको जीवन यापनमा सहयोग गर्नुपर्दछ ।
- श्रीवरवरमूनी स्वामीजीले उपदेश रत्नमाला ग्रन्थमा उल्लेख गर्नुभए अनुसार यस संसारमा आफ्नो आचार्य रही रहँदा सम्म शिष्यले एक क्षण पनि आचार्यबाट टाढा हुनु हुँदैन ।
- आचार्यको उपस्थितिमा शिष्यले सदा आचार्यको मंगलाशासन गर्नुपर्दछ र आचार्यले प्रदान गर्नुभएको अमूल्य शिक्षाको लागि आचार्य प्रति सदा ऋणी रहनु पर्दछ ।
शिष्यले आचार्यको आत्मरक्षण गर्नुलाई पनि अनुचित मानिएको छ । अर्थात शिष्यले कदापि आचार्यलाई स्वरुप शिक्षा दिनु हुँदैन र आचार्यले पनि शिष्यको देह रक्षण गर्नुलाई अनुचित मानिएको छ । अर्थात शिष्यले कदाचित आफ्नो आचार्यबाट जीवीकोपार्जनको लागि अर्थको अपेक्षा गर्नु हुँदैन ।
श्रीलोकाचार्य स्वामीजीले बताउनुभए अनुसार शिष्य बन्नु सजिलो कार्य होइन र हामीले जति नै ज्ञान प्राप्त गरेता पनि हामीलाई शिष्टाचार सम्बन्धी विषयको धेरै जानकारी हुँदैन । जीवात्माहरुसंग शिष्टाचार सम्बन्धी ज्ञान नभएको कारणले नै भगवानले नर ऋषीको रुपमा अवतार लिनुभयो र नारायण ऋषीको शिष्य बनी अष्टाक्षरी महामन्त्रको ज्ञान प्राप्त गर्नुभयो । नारायण ऋषी पनि भगवानकै अवतार हुनुहुन्छ । भगवानले बद्री नारायण क्षेत्रमा नर नारायणको रुपमा अवतार लिनुको मुख्य कारण हो जीवात्माहरुलाई कसरी असल शिष्य बन्न सकिन्छ भनेर देखाउनु हो ।
अब हामी आचार्यलाई विभिन्न भागमा वर्गीकरण गरी सो को चर्चा गर्दछौं ।
अनुवृत्ति प्रसन्नाचार्य र कृपा मात्र प्रसन्नाचार्य
अनुवृत्ति प्रसन्नाचार्य
श्रीरामानुज स्वामीजी महाराजको समय भन्दा अघि आचार्यहरुले शिष्यहरुलाई स्वीकार गर्नुभन्दा अगाडि ति सम्भावित शिष्यहरुको परिक्षण गर्नुहुन्थ्यो । त्यसबेला आचार्यबाट शिष्यको रुपमा स्वीकार गरिनका लागि शिष्यहरुले आचार्यको निवासमा जानै पर्ने र आचार्यको १ वर्षसम्म नित्य सेवा गर्नै पर्ने नियम थियो ।
कृपा मात्र प्रसन्नाचार्य
आचार्यहरुले माथि उल्लेखित नियमहरुको पालना पश्चात मात्र शिष्यहरुलाई स्वीकार गर्दा धेरै जीवात्माहरुले शिष्यको योग्यताको अभावमा आचार्यबाट तिरस्कृत हुनु पर्ने र तत्पश्चात जीवात्माहरु सांसारिक सम्बन्धहरु त्यागी मोक्ष प्राप्त गर्न निरुत्साहित हुन सक्ने विषय श्रीरामानुज स्वामीजीले अनुभव गर्नुभयो । जीवात्माहरु माथि अपार करुणा राख्दै श्रीरामानुज स्वामीजीले यस नियमलाई केहि सरल बनाउनु भयो । श्री रामानुज स्वामीजीले भगवत विषयको ज्ञान राख्न चाहने जो कोहीलाई पनि आफ्नो शिष्यको रुपमा स्वीकार गर्दै श्रीवैष्णव सम्प्रदायको अपार ज्ञानको प्रचार प्रसार गर्नुभयो । श्रीरामानुज स्वामीजीले शिष्य बन्नको लागि आवश्यक योग्यतालाई सरलीकृत गर्नुभयो । योग्य भन्दापनि इच्छुकहरुलाई शिष्यको रुपमा स्वीकार गर्न थालियो । श्रीरामानुज स्वामीजीले आफ्ना सबै शिष्यहरुलाई यहि नियम अनुशरण गर्न निर्देशन दिनुभयो र आफ्नो अपार कृपाद्वारा हजारौं जीवात्माहरुलाई यस श्रीसम्प्रदायमा दीक्षीत गराउनु भयो । त्यसैले श्रीरामानुज स्वामीजी देखि सबै आचार्यहरुलाई कृपामात्र प्रसन्नाचार्य भनिन्छ ।
यस विषयलाई श्रीवरवरमुनी स्वामीजीले उपदेश रत्न माला ग्रन्थमा यसरी उल्लेख गर्नुभएको छ । “ओराण वलियाय् उपदेशित्तार् मुन्नोर् एरार् एतिराजर् इन्नरुलाल् पार् उलगिल् आशै उडैयोर्केल्लाम् आरियर्गाल् कूरुम् एन्रु पेशि वरम् परुत्तार् पिन् ”
उद्दारक अाचार्य र उपकारक अाचार्य
चरम उपाय निर्णय ग्रन्थमा नायनाराच्चान पिल्लै स्वामी दुई प्रकारका अाचार्यहरुकाे वर्णन गर्नुहुन्छ । यस ग्रन्थले श्रीरामानुज स्वामीकाे ख्यातिलाई सुस्पष्ट पार्दछ ।
उद्दारक अाचार्य
जीवात्मालाई यस संसारबाट माेक्ष प्राप्तिका लागि यस संसारबाट सजिलै परमपद वैकुण्ठ सम्म पुर्याउन सामर्थ्य राख्ने अाचार्यलाई उद्दारक अाचार्य भनिन्छ । तीन उद्दारक अाचार्यहरुमा भगवान श्रीमन्नारायण, श्री शठकाेप स्वामीजी र श्रीरामानुज स्वामीजी पर्नुहुन्छ । उहाँहरुकाे अलावा श्री वरवरमुनी स्वामीजी पनि उद्दारक अाचार्य हुनुहुन्छ किनकि उहाँ श्रीरामानुज स्वामीजीकै पुनरावतार हुनुहुन्छ भनी श्री एरुम्बि अप्पा अाफ्नाे वरवरमुनी शतक ग्रन्थमा अाज्ञा गर्नुहुन्छ ।
- श्रीमन्नारायण प्रथमाचार्य हुुनुहुन्छ । उहाँ सर्वज्ञ, सर्वशक्तिवान अादि हुनुभएकाले सजिलै माेक्ष प्रदान गर्न सक्नुहुन्छ ।
- श्रीशठकाेप स्वामीजीलाई भगवानले संसारी जीवात्मा हरुलाई ज्ञान प्रदान गर्न र सुमार्गमा ल्याउनकाे लागि चयन गर्नुभएकाे हुँदा उहाँ (श्रीशठकाेप स्वामीजी) माेक्ष प्रदान गर्न सक्षम हुनुहुन्छ । यस विषयलाई सहस्रगीतिमा उहाँकै शब्दबाट पनि बुझ्न सकिन्छ । “पाेन्नुलगु अालिराे भुवनि मुञुतु अालीराे” । श्रीशठकाेप स्वामीजीले चराहरु दुत बनाई भगवान समक्षा खबर पठाउँदै गर्दा भन्नुहुन्छ कि उहाँ (श्रीशठकाेप स्वामीजी) जीवात्माहरुलाई भगवानमा सिफारिश गरे पश्चात नित्य विभुती र लीला विभुती दुबै प्रदान गर्न सक्नुहुन्छ ।
- श्रीरामानुज स्वामीजीलाई भगवान श्रीरंगनाथ र श्रीनिवासले उडयवर अर्थात दुवै विभुतिका नियन्त्रक भनि घाेषणा गर्नुभएकाे छ । श्रीरामानुज स्वामीजी भगवद अनुभवमा मग्न हुनुका साथै यस लिलाविभुतिमा पनि १२० वर्ष सम्म रहेर भगवानकाे कैंकर्य पूर्णरुपमा गर्नुभयाे । श्रीस्वामीजीले मन्दिरहरुमा अाराधना पद्दतिलाई विधिवत गर्नुभयाे हजाराैं शिष्यहरुलाई दीक्षा प्रदान गर्नुभयाे एवं श्रीसम्प्रदायकाे प्रचारका लागि ७४ सिंहाशनाधिपतिहरुकाे स्थापन गर्नुभयाे ।
श्रीरामानुज स्वामी शास्त्र अनुसार व्यवहार गर्नुहुन्छ । उहाँ जीवात्माकाे ईच्छा र कर्म अनुसार जीदवात्माहरुलाई माेक्ष प्रदान गर्नुहुन्छ वा यसै संसारमा राख्नुहुन्छ । त्यसैले नायनाराच्चान पिल्लै स्वामीजी याे निर्णय गर्नुहुन्छ कि श्रीरामानुज स्वामीजी नै पूर्ण उद्दारक अाचार्य हुनुहुन्छ ।
श्रीशठकाेप सुरी अाल्वारले यस ज्ञान प्राप्त गरे पश्चात संसारहरुलाई केहि उपदेश (दिव्य प्रबन्ध उपदेश) गरेर भगवद अनुभवमा यति मग्न हुनुभयाे कि उहाँले सानै उमेरमा यस संसारकाे परित्याग गर्नुभयाे ।
श्रीरामानुज स्वामीजीले परम कृपाद्वारा माेक्ष चाहने मुमुक्षुहरुलाई माेक्ष प्रदान गरी भगवानकाे सेवामा पठाउनु भयाे ।
त्यसैले नायनाराच्चान पिल्लै स्वामीजी याे निर्णय गर्नुहुन्छ कि श्रीरामानुज स्वामीजी नै पूर्ण उद्दारक अाचार्य हुनुहुन्छ ।
उपकारक अाचार्य
जीवात्माहरुलाई उद्दारक अाचार्य समक्ष नेतृत्व गर्न सक्षम अाचार्यहरुलाई उपकारक अाचार्य भनिन्छ । श्रीसम्प्रदायमा श्रीरामानुज सम्बन्ध अन्तर्गतका हाम्रा अाचार्यसम्मका सबै अाचार्य परम्परालाई उपकारक अाचार्य भनिन्छ । हामीलाई पञ्चसंस्कारबाट दीक्षित गराउने समयमा हाम्राे अाचार्यले श्रीरामानुज स्वामीजी समक्ष अाफ्नाे गुरुपरम्परा द्वारा हामीलाई भगवान समक्ष मुमुक्षुकाे रुपमा पुर्याउनकाे लागि अनुराेध गर्नुहुन्छ ।
उद्दारक अाचार्य र उपकारक अाचार्य दुबै बराबर सम्माननीय हुनुहुन्छ यद्यपि श्रीरामानुज स्वामीजीकाे श्रीसम्प्रदायमा विशेष स्थान छ । श्रीवरवरमुनी स्वामीजी अाफ्नाे उपदेश रत्नमाला ग्रन्थकाे सुरुवात श्रीशैलेश स्वामीजीकाे तनियनबाट गरी श्रीरामानुज स्वामीजीकाे तनियनबाट अन्त्य गरी हामीलाई वास्तविक पद्दतिकाे ज्ञान दिनुहुन्छ ।
समाश्रयण अाचार्य र ज्ञान अाचार्य
- समाश्रयण अाचार्यले हामीलाई पञ्चसंस्कार गराउनुहुन्छ ।
- ज्ञान अाचार्यबाट हामी सम्प्रदाय सम्बन्धि ग्रन्थ कालक्षेप अादि सुनेर हाम्राे अात्म ज्ञानकाे विकास गर्छौं ।
हामी हाम्राे समाश्रयण अाचार्य प्रति सदैव कृतज्ञ एवं उहाँकाे कृपा प्रति ऋणी रहन्छौं एवं उहाँप्रति हामी पूर्ण रुपमा समर्पित रहन्छौं त्यसैगरी ज्ञान अाचार्य प्रति पनि बराबरकाे सम्मान हुनुपर्छ। कसैकाे त समाश्रयण गराउने अाचार्य र ज्ञान प्रदान गर्ने अाचार्य एकै हुनुहुन्छ । श्रीवचन भुषण ग्रन्थ अनुसार त सबै श्रीवैष्णवहरु प्रति अाचार्यकाे भावना राखी अाचार्य सरीनै सम्मान गर्नुपर्छ ।
संक्षेपमा भन्नुपर्दा शिष्य अाफ्नाे अाचार्य प्रति सधै निर्भर रहनु पर्छ । शिष्यले अाचार्यकाे दैनिक जीवीकाकाे पनि दायित्व वहन गर्नुपर्छ । अाचार्यकाे सान्निध्यमा निरन्तर रहनु पर्छ र उहाँकाे अावश्यकतालाई सघाउनु पर्छ ।
हाम्रा पूर्वाचार्यहरुकाे जीवनीबाट अाचार्य शिष्य सम्बन्धमा केहि अद्भुत उदाहारणहरु सिक्न पाईन्छ । केहि उदाहारणहरु यस प्रकार छन् ।
- श्रीराममिश्र स्वामीजीले अाफ्नाे अाचार्य श्रीपुण्डरीकाक्ष स्वामीजीकाे घरेलु निवासमा कैंकर्य गर्नुहुन्थ्याे ।
- श्रीराममिश्र स्वामीजीकाे परिपूर्ण प्रयत्नबाट श्रीयामुनाचार्य स्वामीजी श्रीसम्प्रदायमा प्रवेश गर्नुभयाे ।
- श्रीरामानुज स्वामीजी अाचार्य भएर पनि अाफ्नाे शिष्य श्रीकूरेश स्वामीजीकाे धेरै सम्मान गर्नुहुन्थ्याे ।
- कुनै समयमा श्रीरामानुज स्वामीजी श्रीकूरेश स्वामीजी संग केहि कारणले अप्रसन्न हुनुभएकाे बेलामा श्रीकूरेश स्वामीजीले दास त श्रीरामानुज स्वामीजीकाे धन बस्तु हाे दास माथि श्रीस्वामीजीकाे पूर्ण अधिकार भएकाे हुनाले श्रीस्वामीजीले दास प्रति इच्छानुसार व्यवहार गर्न सक्नुहुन्छ ।
- श्रीगाेविन्दाचार्य स्वामीजी अाफ्नाे अाचार्य शयन गर्नुपुर्व अाचार्यकाे खाटमा पहिला अाफु सुतेर खाटकाे परिक्षण गर्नु हुन्थ्याे । कसैले यसाे गर्दा पाप लाग्ला कि भनेर साेध्दा श्रीगाेविन्दाचार्य स्वामीजीले भन्नुहुन्थ्याे कि अाचार्य सुत्ने खाट सजिलाे छ कि छैन भनेर परिक्षण गर्दा पाप लाग्याे भने पनि लागाेस् तर मेराे अाचार्यले अानन्दले शयन गरेकाे म हेर्न चाहन्छु ।
- श्रीरामानुज स्वामीजीले श्रीअनन्ताल्वान स्वामीजीसंग भन्नु भयाे कि श्रीपराशर भट्टर स्वामी मेरै समान हुनुहुन्छ र श्रीभट्टर स्वामीजीलाई मलाई सरहनै सम्मान गर्नु ।
- श्रीभट्टर स्वामीजी र श्रीवेदान्ति स्वामीजीकाे बिचमा उत्कृष्ट वार्ता भएकाे पाईन्छ । श्रीवेदान्ति स्वामीजीले अाफ्नाे अाचार्य श्रीभट्टर स्वामीजीकाे सेवा गर्नकाे लागि गृहस्थाश्रम परित्याग गरि सन्यासी बन्नुभयाे । यदि मेराे सन्यासाश्रमले मेराे अाचार्यकाे सेवामा बाधा पुर्यायाे भने म मेराे त्रिदण्ड भाँचिदिन्छु भनेर श्रीवेदान्ति स्वामीजी भन्नुहुन्थ्याे ।
- श्रीवेदान्ति स्वामीजीले श्रीकलिवैरिदास स्वामीजीकाे धारणालाई सधैं नै प्राेत्साहित गर्नुहुन्थ्याे यद्यपि श्रीकलिवैरिदास स्वामीजीका केहि व्याख्यानहरु श्रीश्रीवेदान्ति स्वामीजीकाे व्याख्यानसंग कहिलेकाँहि मिल्दैनथ्याे ।
- पिनबलगिय पेरुमाल जीयर स्वामीजी अाफ्नाे अाचार्य श्रीकलिवैरिदास स्वामीजी कावेरी स्नान गरेर फर्कदा देखिने उहाँकाे ढाडकाे दर्शन गर्नकाे लागि मात्रै पनि यसै लिलाविभुतिमा बस्ने ईच्छा प्रकट गर्नुहुन्थ्याे ।
- श्रीकूरकुलाेत्तम दासर स्वामीजीकाे ठुलाे प्रयत्नबाट श्रीशैलेश स्वामीजी श्रीसम्प्रदायमा प्रवेश गर्नुभयाे ।
- श्रीवरवरमुनी स्वामीजीले अाफ्नाे अाचार्य श्रीशैलेश स्वामीजीकाे अादेशलाई नै अाफ्नाे एकमात्र उद्देश्य मान्नुहुन्थ्याे । श्रीवरवरमुनी स्वामीजीले एक पटक श्रीभाष्य अध्ययन गर्नुभयाे र श्रीभाष्यकाे व्याख्यान गर्नुभयाे तर अाफ्नाे जीवनकाे पुरा समय अरुलिचेयल दिव्य प्रबन्ध र रहस्य ग्रन्थमा केन्द्रीत गर्नुभयाे ।
- भगवान श्रीरंगनाथले श्रीदेवी भूदेवीका साथ श्रीवरवरमुनी स्वामीजीबाट उहाँकै सन्निधिमा एक वर्षसम्म ईडु कालक्षेप श्रवण गर्नुभयाे र भगवानले श्रीवरवरमुनी स्वामीजीलाई अाफ्नाे अाचार्य मानी अाफ्नाे शेष पर्यंक संभावनाकाे रुपमा प्रदान गर्नुभयाे । श्रीभगवानले श्रीवरवरमुनी स्वामीजीलाई अाँफैले तनियन प्रदान गर्नुभयाे जुन तनियन भगवानै अादेशानुसार अाजपनि हरेक श्रीवैष्णव गाेष्ठीमा गुरुपरम्पराकाे पारायणमा र दिव्यप्रबन्धकाे प्रारम्भ र अन्त्यमा उक्त तनियनकाे पाठ गरिन्छ ।
- श्रीवरवरमुनी स्वामीजीले अाफ्नाे अासन शंख एवं चक्र अाफ्नाे अतिप्रिय शिष्य श्रीवानमामलै जीयर स्वामीलाई प्रदान गर्नुभयाे र श्रीअप्पाचियारण्णालाई पञ्चसंस्कार गराउनकाे लागि निर्देश गर्नुभयाे । त्यसैले अाज पनि श्रीवानमामलै जीयस स्वामीजीलाई साक्षात वरवरमुनी स्वामीजीकै सम्मान हरेक श्रीवैष्णव गाेष्ठीमा प्राप्त हुन्छ ।
अाचार्य शिष्य सम्बन्धमा धेरै उदाहरणहर पाईन्छ । माथि हामीले केहि दृष्टान्थहरुकाे चर्चा गर्याैं ।
आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।
अडियन् प्रमोद रामानुज दास (नेपाल)
श्रोत – https://granthams.koyil.org/2015/12/simple-guide-to-srivaishnavam-acharya-sishya/
archived in https://granthams.koyil.org/
प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) – https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org