श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – दिव्य प्रबन्ध एवं दिव्य देश

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< गुरु परम्परा

paramapadhanathan

श्रीदेवी, भुदेवी, नीलादेवी तथा श्रीनित्यसूरीहरुका माझ श्रीपरमपद वैकुण्ठमा बिराजमान भगवान श्रीमन्नारायण

अघिल्लाे लेखमा हामीले हाम्राे गुरु परम्पराकाे महात्वबारे चर्चा गर्यौं । अब दिव्य प्रबन्ध तथा दिव्य देशहरुकाे महत्वकाे बारेमा पनि चर्चा गराैं ।

भगवान श्रीमन्नारायण सर्वाेच्च परमात्मा हुनुहुन्छ । उहाँ दिव्य तथा असिमित गुणहरुले युक्त हुनुहुन्छ । उहाँकाे दिव्य तथा निशर्त कृपा गर्ने गुणले गर्दा उहाँले अाल्वारहरु माथि विशेष कृपा गर्नुभयाे जसले श्रीमन्नारायण भगवान प्रतिकाे भक्ति मार्गकाे विशेष प्रचार गर्नुभयाे । भगवान सबै नित्यसूरी तथा मुक्तात्माहरुकाे स्वतन्त्र स्वामी हुनुहुन्छ यद्यपि भगवानकाे मनमा पनि एउटा पीडा थियाे ।

भगवानकाे पीडाकाे मुख्य कारण थियाे संसारी भुमरीमा परेका जीवात्माहरुले पाएकाे दुख । सबै जीवात्माहरुकाे सर्वाेच्च पिताकाे नाताले पनि अाफ्ना सन्तानहरु जन्म र मृत्युकाे भुमरीमा अल्झिएकाे दुख भगवानलाई असह्य भयाे । यहाँ याे प्रश्न उठ्न सक्छ कि यदि भगवान सर्वशक्तिमान सत्यकाम तथा सत्यसंकल्प हुनुहुन्छ भने भगवानकाे मनमा कुनै पिडा हुन सक्छ र ? यसमा हाम्रा अाचार्यहरुले भन्नुभएकाे छ कि जीवात्माहरुले पाएकाे दुख देखेर चिन्तित हुनु पनि भगवानकाे एक विशिष्ट गुण हाे । अाफ्नाे कुनै एक छाेरासंग खुशीसाथ  बसेकाे एउटा पिता अाफुबाट टाढा बसेकाे अर्काे छाेराकाे बारेमा पनि उत्तिकै चिन्तित हुने गर्दछ र यहि गुण भगवानमा पनि  छ । भगवान सर्वशक्तिमान हुनुहुन्छ तैपनि संसारमा भएका जीवात्माले अनन्त कालदेखि अज्ञानता र अविद्याकाे कारणले भाेगिरहेकाे दुख देखेर चिन्तित हुनुहुन्छ ।

संसारमा अल्झिएका जीवात्माहरुकाे उद्दारका लागि भगवानले सृष्टिकाे समयमा ति जीवात्माहरुलाई शरीर तथा अंगहरु प्रदान गर्नुभयाे, शास्त्रकाे ज्ञान दिनुभयाे र स्वयं भगवान नै रामकृष्णादि रुपमा यस धरातलमा अवतार लिई अाउनु भयाे । यद्यपि जीवात्मा वास्तविक तत्व ज्ञान जान्न खाेज्दैन र भगवानकाे सर्वाेच्चता स्वीकार गर्दैन । त्यसैले, जसरी एउटा हरिणकाे शिकार गर्नु अघि जसरी व्याधाले तालिम प्राप्त हरिणकाे प्रयाेग गर्दछ त्यसरी नै भगवानले जीवात्माहरुकाे उद्दार गर्नकाे लागि संसारमै हुनुभएका जीवात्माहरुकाे प्रयाेग गर्नुहुन्छ । यसरी भगवानले केहि जीवात्माहरुकाे चयन गर्नुहुन्छ, उहाँहरुलाई अाफ्नाे अंशावतार बनाई दिव्य ज्ञान प्रदान गर्नुहुन्छ र उहाँहरुलाई अाल्वार बनाउनु हुन्छ । भगवत विषयमा मग्न भई भक्ति मार्गमा चुर्लुम्म डुब्नु भएका महापुरुषहरुलाई अाल्वार भनिन्छ । श्रीवेदव्यासजी ले महाभारत ग्रन्थमा बताउनु भए बमाेजिम अाल्वारहरु दक्षिण भारतकाे विभिन्न स्थानहरुमा प्रकट हुनुभयाे । अाल्वारहरु बारे हामीले अघिल्लाे लेखमा चर्चा गर्याैं ।

Azhwarsअाल्वारहरु

अाल्वारहरुले भगवान श्रीमन्नारायणकाे तमिल भाषामा विभिन्न गाथाहरु गाइ मंगलगान गर्नुभयाे । ति गाथाहरु लगभग ४००० संख्यामा छन् र त्यसैले ४००० दिव्य प्रबन्धकाे नामले परिचित छन् । अाल्वारहरुले विभिन्न क्षेत्रहरुमा अर्चा मूर्तिकाे रुपमा बिराजमान श्रीमन्नारायण भगवानकाे मंगलाशासन गर्नुभएकाे हुनाले ति क्षेत्रहरुलाई दिव्य देश भनिन्छ, जस्तै श्रीरंगम्, श्रीताेदाद्री, श्रीमुक्तिनाथ अादि । जम्मा १०८ दिव्यदेशहरु हुनुहुन्छ । जसमध्ये नेपाल सहित भारत वर्षमा १०६ दिव्यदेशहरु हुनुहुन्छ भने क्षिराब्दि नामक दिव्यदेशमा जीवात्माहरुकाे पहुँच हुँदैन जहाँ केवल भगवान श्रीहरि श्रीलक्ष्मीजीका साथ निवास गर्नुहुन्छ भने अर्काे एक दिव्यदेश परमपद वैकुण्ठमा जीवात्माहरु श्रीवैष्णव भैसके पश्चात मात्र माेक्ष प्राप्त गरी पुग्दछन् । श्रीरंगम मुख्य दिव्यदेश हाे भने तिरुमला, काञ्चीपुरम्, तिरुवल्लीक्केनी, अाल्वार तिरुनगरी अादि अरु महत्वपूर्ण दिव्यदेशहरु हुन् । भगवानका ५ रुपहरु छन् । परस्वरुप अर्थात परमपदमा बिराजमान श्रीपरवासुदेव भगवान, क्षीरसागरमा बिराजमान व्युह स्वरुप, श्रीरामकृष्णादि अवतारकाे रुपमा विभव स्वरुप, अन्तर्यामी स्वरुप अर्थात सबै जीवात्माहरु भित्र रहनुहुने परमात्मा र अर्चा स्वरुप अर्थात मूर्तिकाे रुपमा मन्दिरहरुमा बिराजमान भगवान । सबै स्वरुपहरु मध्ये अर्चा स्वरुप भगवानकाे यस्ताे स्वरुप हाे जसकाे दर्शन सबै भक्त भागवतहरुले सहजै गर्न सक्नुहुन्छ । हाम्रा पूर्वाचार्यहरुले दिव्यदेशहरुलाई नै अाफ्नाे जीवन मान्नु भयाे र अाफ्नाे सारा जीवन दिव्यदेशहरुमा भगवान र भागवतहरुकाे सेवामा अर्पण गर्नुभयाे । अधिक जानकारीकाे लागि याे लिंकमा जानुहाेला । https://koyil.org .

वेद वेदान्तकाे सार साधारण तमिल भाषामा दिव्य प्रवन्ध रुपमा पाइन्छ । जीवात्माहरुलाई वास्तविक तत्व ज्ञान प्रदान गरी उद्दार गर्नु दिव्य प्रवन्धकाे मुल उद्देश्य हाे ।अाल्वारहरुकाे समय पश्चात सयाैं वर्ष पछि श्रीनाथमुनी स्वामीजीबाट सुरु भई श्रीरामानुज स्वामीजी हुँदै श्रीवरवरमुनी स्वामीजी पर्यन्तका अाचार्यहरु प्रकट हुनु भई अाल्वारहरुले रचना गर्नुभएकाे दिव्य प्रवन्धकाे प्रचार गर्नु भयाे । कम ज्ञान भएका अज्ञानीहरुले दिव्य प्रबन्धलाई साधारण तमिल गीत सम्झिए भने महापुरुष अाचार्यहरुले दिव्य प्रबन्धलाई भगवान श्रीमन्नारायण नै उपाय तथा उपेय मान्ने महान तथा दिव्य ग्रन्थकाे संज्ञा दिनुभयाे । हाम्रा पूर्वाचार्यहरु दिव्य प्रबन्धकाे रसरुपी अानन्दमा डुब्नुभयाे र दिव्य प्रबन्धका गाथाहरुकाे अध्ययन गर्ने, प्रचार गर्ने र ति गाथाहरुले निर्देश गरे अनुरुप नै जीउने गर्नुभयाे ।

azhwar-madhurakavi-nathamuniश्रीमधुरकवि अाल्वार तथा श्रीनाथमुनी स्वामीजीका साथमा श्रीशठकाेप स्वामी

इतिहासमा यस्ताे कालाे कालखण्ड पनि अायाे जतिखेर विशेष गरी अाल्वारहरुकाे समय पश्चात दिव्य प्रबन्धहरुकाे लाेप भयाे । अन्तताेगत्वा श्रीनाथमुनी स्वामीजी महाराजले कठिन मिहिनेत गरेर श्रीशठकाेप स्वामीजी महाराजकाे अवतार स्थल श्रीअाल्वारर तिरुनगरी पत्ता लगाई श्रीशठकाेप स्वामीजी महाराज कै कृपाले सबै ४००० दिव्य प्रबन्धकाे अध्ययन गर्नुभयाे । श्रीनाथमुनी स्वामीजीले ४००० दिव्य प्रबन्धलाई ४ भागमा विभाजन गरी अाफ्ना शिष्यहरुलाई अध्यापन गराइ दिव्य प्रबन्धकाे महत्वलाई प्रकाशमा ल्याउनु भयाे । उहाँले श्रीमधुरकवि अाल्वारकाे सम्मानमा श्रीमधुरकवि अाल्वार द्वारा रचिएकाे कण्णिनुण शिरु ताम्बुलाई पनि दिव्य प्रबन्ध भित्र ल्याउनु भयाे । श्रीमधुरकवि अाल्वारले अाफुलाई अाचार्य श्रीशठकाेप स्वामीजी महाराजमा अर्पण गर्नु भएकाे थियाे ।

Ramanuja_Sriperumbudur
श्रीरामानुज स्वामी

श्रीरामानुज स्वामीजी (एम्पेरुमानार) अादिशेषजी काे अवतार हुनुहुन्छ । उहाँले श्रीयामुनाचार्य स्वामीजी महाराजकाे कृपा र इच्छा बमाेजिम वेद वेदान्त र दिव्य प्रबन्धहरुकाे विभिन्न अाचार्यहरुसंग अध्ययन गर्नुभयाे । उहाँले अाल्वार तथा दिव्य प्रबन्धहरुकाे महिमा समाजकाे विभिन्न वर्गहरुमा प्रचार गरी श्रीवैष्णव सम्प्रदायलाई नयाँ उचाइमा पुर्याउनु भयाे । श्रीरामानुज स्वामीजी महाराजकाे विशेष याेगदानकाे कारणले स्वयं श्रीरंगनाथ भगवानले श्रीसम्प्रदायलाई श्रीरामानुज दर्शनकाे संज्ञा दिनुभयाे । श्रीरामानुज स्वामीजीकाे महानताले गर्दा अाचार्यहरुले श्रीरामानुज स्वामीजीकाे महिमा गान श्रीरामानुज नुत्तन्दादि (जसलाई श्रीतिरुवरंगत्तु अमुदनारले गाउनु भएकाे थियाे) लाई ४००० दिव्य प्रबन्धमा सामेल गराउनु भयाे । जसरी ब्राम्हणहरुले प्रत्येक दिन गायत्री मन्त्रकाे जप गर्नु पर्दछ त्यसैगरी सबै प्रपन्न जनहरुले श्रीरामानुज नुत्तन्दादि (जसलाई प्रपन्न गायत्री भनिन्छ) काे नित्य पारायण गर्नै पर्दछ ।

nampillai-goshti1श्रीकलिवैरिदास स्वामीजीकाे कालक्षाेप गाेष्ठी

श्रीरामानुज स्वामीजी, श्रीगाेविन्दाचार्य स्वामीजी, श्रीपराशर भट्टर स्वामीजी र श्रीवेदान्ति स्वामीजी पछि गुरुपरम्परामा अाउनुहुने महत्वपुर्ण अाचार्य हुनुहुन्छ श्रीनम्पिल्लै अर्थात श्रीकलिवैरिदास स्वामीजी । उहाँ श्रीरंगममा निवास गर्नुहुन्थ्याे र अाफ्नाे समयमा श्रीसम्प्रदायकाे नेता हुनुहुन्थ्याे । उहाँकाे समयमा नै श्रीरंगममा ४००० दिव्य प्रबन्धकाे अर्थलाई बडाे महत्व दिइयाे । उहाँ प्रत्येक दिन पेरीय पेरुमाल श्रीरंगनाथ भगवानकाे सन्निधानमा कालक्षेप गरी समय बिताउनु हुन्थ्याे । शयन मुद्रामा रहनु भएका श्रीरंगनाथ भगवान पनि उहाँकाे कालक्षेप सुन्नकाे लागि उठेर झ्यालबाट चियाउनु हुन्थ्याे भन्ने गरिन्छ । उहाँका शिष्यहरुले पनि दिव्य प्रबन्धकाे अर्थ प्रचारमा महत्वपुर्ण याेगदान दिनुभयाे । उहाँका प्रमुख शिष्य श्रीपेरीयवाच्चान पिल्लै (जसलाई व्याख्यान चक्रवर्ति भनिन्छ) ले सबै दिव्यप्रबन्धहरुमा व्याख्यान लेख्नुभयाे । र ति व्याख्यानहरुकाे ठूलाे महिमा गर्नु भएकाे छ हाम्रा अाचार्यहरुले ।  श्रीकलिवैरिदास स्वामीजीका अर्का शिष्य श्रीवडक्कु तिरुविधि पिल्लै स्वामीजीले श्रीकलिवैरिदास स्वामीजीले सहस्रगीतिकाे बारेमा गर्नुभएकाे कालक्षेपकाे स‌ंकलन गर्नुभयाे र याे संकलनलाई ईडु ३६००० पडि भनिन्छ जुन दक्षिण भारतमा अाजसम्म सबैभन्दा बढी रुचाइएकाे छ ।

pillailokacharya-goshtiश्रीपिल्लै लाेकाचार्य स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीकलिवैरिदास स्वामीजीकाे समय पश्चात श्रीपिल्लै लाेकाचार्य स्वामीजी महाराजले श्रीसम्प्रदायकाे नेतृत्व गर्दै दिव्य प्रबन्धहरुकाे रहस्य सारलाई अाफ्नाे रहस्य ग्रन्थहरुमा संकलन गर्नुभयाे । ति रहस्यहरुकाे धेरै अाचार्यहरुले अाफ्ना अनेकानेक ग्रन्थहरुमा विवेचना गर्नुभएकाे छ । श्रीपिल्लै लाेकाचार्य स्वामीजीले दिव्यप्रबन्धहरुकाे रहस्य सार अाफ्नाे १८ कृतिहरुमा संकलन गर्नुभयाे । उहाँकाे जीवनकाे अन्त्य तिर मुसलमान अाक्रमणकारीहरुले श्रीरंगममा विनाश गरे । उक्त विनाशबाट भगवान रंगनाथलाई बचाउनकाे लागि उहाँले श्रीरंगनाथ भगवानकाे उत्सव मूर्ति लिएर त्यहाँबाट जंगलकाे बाटाे भाग्ने क्रममा अाफ्नाे उमेरकाे कारणले परमपद प्राप्त गर्नुभयाे । तत्पश्चात श्रीवैष्णव समुदायमा लामाे समय सम्म दुख अाइपर्याे । केहि दशकपछि ति मुसलमान अाक्रमणकारीहरु भगाइए पश्चात श्रीरंगममा शान्ति छायाे र भगवान रंगनाथ श्रीरंगम सवारी भयाे ।

srisailesa-thanian-smallश्रीवरवरमुनी स्वामीजीकाे कालक्षेप गाेष्ठी

श्रीवरवरमुनी स्वामीजी श्रीरामानुज स्वामीजी महाराजकै अपरावतार हुनुहुन्छ । उहाँकाे अवतार स्थल अाल्वार तिरुनगरी हाे । उहाँले वेद वेदान्त र दिव्य प्रबन्धकाे ज्ञान अाफ्ना पिता र अाफ्ना अाचार्य श्रीशैलेश स्वामीजीबाट प्राप्त गर्नुभयाे । अाफ्नाे अाचार्य श्रीशैलेश स्वामीजीकाे अाज्ञाले उहाँले अाफ्नाे बाँकी जीवन श्रीसम्प्रदायकाे महिमालाई बढाँउदै श्रीरंगममा निवास गर्नुभयाे । उहाँले व्यक्तिगत रुपमा लाेप हुन लागेका ग्रन्थहरुकाे खाेजी गर्नुभयाे, अध्ययन गर्नुभयाे, ति ग्रन्थहरुकाे रुखकाे पातहरुमा अभिलेख गरी भविष्यका सन्ततिहरुका लागि बडाे मुश्किलले जगेर्ना समेत गर्नुभयाे । उहाँकाे याेगदान र दिव्य वैभवहरुकाे सम्मानमा स्वयं भगवान रंगनाथले उहाँकाे भगवत विषय कालक्षेप १ वर्षसम्म सुनी अन्त्यमा एक सानाे बालककाे रुपमा प्रकट भई श्रीवरवरमुनी स्वामीजीलाई अाफ्नाे अाचार्य मानी श्रीशैलेशदया पात्रम तनियन प्रदान गर्नुभयाे ।

जीवात्माकाे उद्दार गर्ने दिव्य प्रबन्धहरुकाे इतिहास देखि नै हाम्रा पूर्वाचार्यहरुले रक्षा गर्दै अाउनु भएकाे छ । हामी सबै श्रीवैष्णवहरुले दिव्यप्रबन्ध अध्ययन गरी साे काे महत्व बुझी दिव्यप्रबन्धहरकै अादेशानुसार जीवन यापन गर्नुपर्दछ ।

अाल्वारहरु तथा दिव्य प्रबन्धहरुकाे बारेमा थप जानकारीकाे लागि कृपया निम्न बमाेजिमका लिंकमा जानुहाेला ।

दिव्यप्रबन्धहरुकाे विभिन्न भाषामा अनुवादकाे लागि याे लि‌ंकमा जानुहाेला ।  https://divyaprabandham.koyil.org

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – https://granthams.koyil.org/2015/12/simple-guide-to-srivaishnavam-dhivya-prabandham-dhesam/

archived in https://granthams.koyil.org/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org

Leave a Comment