श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – रहस्य त्रय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

<< दिव्य प्रबन्ध एवं दिव्य देश

पञ्चसंस्कारकाे समयमा मन्त्र उपदेश पनि अाचार्यले गर्नुहुन्छ । जसमा अाचार्यले शिष्यलाई ३ रहस्य मन्त्रहरुकाे उदपेश गर्नुहुन्छ । ति तीन रहस्य मन्त्रहरु यस प्रकार छन् ।

  • तिरुमन्त्र अर्थात अष्टाक्षरी मन्त्र अर्थात मुल मन्त्रः बदरीकाश्रममा भगवान नारायण नै नारायण ऋषि बनेर नर ऋषि (स्वयं भगवान) लाई सुनाउनु भएकाे महामन्त्र ।

अाेम् नमाे नारायणाय

साधारण अर्थः जीवात्मा, जाे भगवानकाे अंग हाे र जसकाे स्वामी भगवान हुनुहुन्छ,  सदैव भगवानकाे अानन्दकाे लागि मात्र अस्तित्वमा रहनु पर्दछ । जीवात्माले भगवानकै सेवा गर्नु पर्दछ । भगवाननै एकमात्र स्वामी हुनुहुन्छ ।

  • द्वय मन्त्रः श्रीवैकुण्ठमा भगवान श्रीमन्नारायणले श्रीमहालक्ष्मीलाई प्रदान गर्नुभएकाे मन्त्र ।

श्रीमन्नारायण चरणाै शरणम प्रपद्ये श्रीमते नारायणाय नमः

साधारण अर्थः श्रीमहालक्ष्मीका पति अनन्त भगवान श्रीमन्नारायणकाे चरणकमलमा म शरण पर्दछु । म सदैव श्रीमहालक्ष्मी र श्रीभगवानकाे सेवाकाे लागि प्रर्थना गर्दछु ।

  • चरम मन्त्रः कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई उपदेश गर्नुभएकाे ।

सर्वधर्मान् परित्यज्य माम् एकं शरणम् व्रज ।
अहम् त्वा सर्व पापेभ्याे माेक्षयिस्यामि मा शुचः ।।

साधारण अर्थः सबै उपायहरु अर्थात धर्महरुकाे परित्याग गरि मेराे शरणमा अाउ । म तिमिलाई सबै पापहरुबाट माेक्ष दिनेछु । चिन्ता नगर ।

मुमुक्षुप्पडि व्याख्यानमा श्रीवरवरमुनी स्वामीजी महाराजले ३ रहस्य मन्त्रहरुकाे बिचमा २ विशेष सम्बन्धहरुकाे चर्चा गर्नुभएकाे छ ।

  • विधि-अनुष्ठान (सिद्दान्त – व्यवहार)- मुलमन्त्रले जीवात्मा र परमात्माकाे बीचमा भएकाे सम्बन्धकाे चर्चा गर्नुहुन्छ । चरम मन्त्रले जीवात्मालाई भगवानमा शरणागत हुन निर्देश गर्नुहुन्छ । र शरणागत जीवात्माले सदैव द्वय मन्त्रकाे अनुष्ठान गर्नुपर्दछ ।
  • विवरण-विवरणी – मुलमन्त्रमा नमाे नारायणायले प्रणवकाे चर्चा गर्नुहुन्छ । द्वयमन्त्रले मुलमन्त्रकाे चर्चा गर्नुहुन्छ र चरममन्त्रले द्वयमन्त्रकै विवेचना गर्नुहुन्छ ।

तीन रहस्य मन्त्रहरु मध्ये हाम्रा पुर्वाचार्यहरुले द्वयमन्त्रकाे विशेष महिमा गर्नुभएकाे छ । द्वय मन्त्र सदैव स्मरण गर्न सकिन्छ । द्वय मन्त्रलाई मन्त्र रत्न पनि भनिन्छ । द्वयन्त्रले श्रीमहालक्ष्मीकाे पुरुषकार स्वरुपाकाे परिपुर्ण चर्चा गर्नुहुन्छ । श्रीमहालक्ष्मी र श्रीभगवान प्रति निरन्तर सेवा गर्नु नै अन्तिम लक्ष्य हाे भनेर बताइएकाे छ । श्रीदेवराज गुरु (एरुम्बि अप्पा) ले वरवरमुनी दिनचर्यामा श्रीवरवरमुनी स्वामीजीका दिव्य कृयाकलापहरुकाे वर्णन गर्नुभएकाे छ । वरवरमुनी दिनचर्याकाे नवाैं श्लाेकमा “मन्त्र रत्न अनुसन्धान सन्तत स्पुरिताधरम् । तदर्थ तत्व निध्यान सन्नद्द पुलकाेद्गमम् ।। ” अर्थात वरवरमुनी स्वामीजीका अाेठहरुले निरन्तर द्वय मन्त्रकाे अनुष्ठान गरिरहनु भएकाे हुन्छ । द्वयमन्त्रकाे अनुसन्धान गर्दैगर्दा श्रीवरवरमुनी स्वामीजीकाे शरीरले दिव्य स्वरुपमा प्रतिकृया दिइरहनु भएकाे हुन्छ । द्वय मन्त्रकाे अनुसन्धान भनेकाे सहस्रगीति नै हाे । द्वयमन्त्रकाे अनुसन्धान सदैव गुरुपरम्परा (अस्मद्गुरुभ्याे नमः ‍‍……..श्रीधराय नमः) अनुसन्धान पश्चात मात्र गर्नुपर्दछ ।

पराशर भट्टर स्वामीजीले अष्टश्लाेकीमा, पेरियवाच्चान पिल्लै स्वामीजीले परन्त रहस्यमा, पिल्लै लाेकाचार्य स्वामीजीले श्रीयः पतिः पडि, याद्रुचिकः पडि, परन्त पडिः मुमुक्षुप्पडिमा, अलगिय मणवालप्पेरुमाल नायनार स्वामीजीले अरुलिच्चेयल रहस्य, श्रीवरवरमुनी स्वामीजीले मुमुक्षुप्पडि व्याख्यानमा रहस्य त्रयकाे विवेचना गर्नुभएकाे छ । धेरै असाधारण प्रबन्धहरुमध्ये श्रीमुमुक्षुप्पडि एक महत्वपुर्ण र सरल साहित्य हाे । श्रीवैष्णव गाेष्ठीमा मुमुक्षुप्पडीलाई महत्वपुर्ण कालक्षेप ग्रन्थ मानिन्छ ।

रहस्य त्रयकाे साथसाथै मुख्यत तत्व त्रय र अर्थ पञ्चकहरु पनि बुझ्नु अावश्यक हुन्छ । यस पछिका लेखहरुमा हामी तत्व त्रय र अर्थ पञ्चकहरुकाे बारेमा पनि चर्चा गर्नेछाै‌ं ।

आल्वार तिरुवडिगले शरणम् ।

एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – https://granthams.koyil.org/2015/12/rahasya-thrayam/

archived in https://granthams.koyil.org/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org

Leave a Comment