श्री: श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः
श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन
श्रीवैष्णव सम्प्रदायमा प्रयोग हुने साधारण शब्दहरुको परिभाषा:
- आचार्य- गुरु (समाश्रयण गराई मुल द्वय तथा चरम मन्त्र प्रदान गर्ने श्रीवैष्णव गुरु)
- शिष्य – आचार्य परम्परानुसार योग्य गुरुबाट दीक्षीत श्रीवैष्णव
- भगवान – लक्ष्मीपति श्रीमन्नारायण
- अर्चा – श्रीवैष्णवहरुको घरमा तथा मन्दिरहरुमा मूर्तीको रुपमा बिराजमान भगवान
- एम्पेरुमान, पेरुमाल – ईश्वर, लक्ष्मीपति श्रीमन्नारायण भगवान
- एम्पेरुमानार – भगवान भाष्यकार श्री रामानुज स्वामीजी
- पिरान – सहयोगी, उपकारक
- पिराट्टी, तायार – भगवती महालक्ष्मी
- मूलवर – श्रीवैष्णव मन्दिर तथा दिव्यदेशहरुमा बिराजमान अचल विग्रह भगवान
- उत्सवर – श्रीवैष्णव मन्दिर तथा दिव्यदेशहरुमा बिराजमान चल विग्रह भगवान
- आल्वार – द्वापर युगको अन्त तथा कलियुगको शुरुवात तिर दक्षिण भारतमा भगवानको संकल्प अनुसार अवतार लिनु भएका भक्तिसागरमा डुब्नुभएका १२ श्रीवैष्णव महापुरुषहरु (१ जना गोदाआमा सहित)
- पूर्वाचार्य – भगवान देखि शुरु हुनु भएका श्रीवैष्णव आचार्यहरु
- भागवत – श्रीवैष्णव
- अरैयर – भगवानको सामुन्ने संगीत तथा आसनका साथ दिव्य प्रबन्ध गाउने महापुरुष श्रीवैष्णवहरु
- ओराण वाञी आचार्य – भगवान रंगनाथ देखि वरवरमूनी स्वामीजी सम्मका निम्न बमोजिमका आचार्यहरु जसले आफ्नो समयमा श्रीवैष्णव सम्प्रदायको नेतृत्व गर्नुभयो ।
- पेरीय पेरुमाल – श्री रंगनाथ भगवान
- पेरीय पिराट्टी – श्री महालक्ष्मी रंगनायकी
- सेनइ मुदलिआर – श्रीविश्वकसेन स्वामीजी
- नम्मल्वार – श्रीशठकोप स्वामीजी
- श्रीनाथमूनी स्वामीजी
- उयकोण्डार – श्री पुण्डरीकाक्ष स्वामीजी
- मणक्काल नम्बी – श्री राममिश्र स्वामीजी
- आलवन्दार – श्री यामुनाचार्य स्वामीजी
- पेरीय नम्बी – श्री महापूर्ण स्वामीजी
- एम्पेरुमानार – श्री रामानुज स्वामीजी
- एम्बार – श्री गोविन्दाचार्य स्वामीजी
- भट्टर – श्री पराशर भट्टर स्वामीजी
- नन्जीयर – श्री वेदान्ती स्वामीजी
- नम्पिल्लै – श्री कलिवैरिदास स्वामीजी
- वडक्कु तिरुविधि पिल्लै – श्री कृष्णपाद स्वामीजी
- पिल्लै लोकाचार्य – श्री लोकाचार्य स्वामीजी
- तिरुवायमोञी पिल्लै – श्री शैलेश स्वामीजी
- अलगीय मणवाल मामुनीगल – श्री वरवरमी स्वामीजी
- दिव्य प्रबन्ध – आल्वारहरुले भगवानको मंगलाशासन गर्दै द्रविड (तमिल) भाषामा गाउनुभएको ४००० गाथाहरु (पाशुर) जसलाई अरुलिचेयल पनि भनिन्छ ।
- दिव्य दम्पत्ति – भगवान र महालक्ष्मीको दिव्य जोडी
- दिव्य देश – आल्वारहरुले महिमा गान गर्नुभएको दिव्य क्षेत्रहरु जस्तै तोताद्री, श्रीरंगम, श्रीमुक्तिनाथ
- दिव्य सूक्ति, श्री सूक्ति – भगवान, आल्वार तथा आचार्यहश्रुको महावाणी
- अभिमान स्थल – पूर्वाचार्य, आचार्यहरुको लागि अति प्रिय भगवानका स्थलहरु
- पासुर – छन्द, श्लोक
- पधिगम – दशक अर्थात १० पासुरको संकलन
- पत्तु – शतक अर्थात १०० पासुरको संकलन
सामान्य शब्द– विशिष्ट अर्थ (श्रीवैष्णव सम्प्रदायमा सामान्यतया प्रयोग गरिने शब्दहरु)
- कोयिल – श्रीरंगम
- तिरुमला – श्रीवेंकटाद्री, तिरुमालिरुञ्चोलैलाई पनि तिरुमला भनिन्छ ।
- पेरुमाल कोयिल – काञ्चीपूरम
- पेरुमाल – श्रीराम भगवान
- इलय पेरुमाल – श्री लक्ष्मण जी
- पेरीय पेरुमाल – श्री रंगनाथ भगवान (अचल विग्रह)
- नम्पेरुमाल – श्री रंगनाथ भगवान (चल विग्रह)
- आल्वार – श्री शठकोप स्वामी
- स्वामी – श्री रामानुज स्वामी
- जीयर, पेरीय जीयर – श्री वरवरमूनी स्वामी
- स्वरुप – वास्तविक प्राकृतिक स्वरुप, प्रकृति
- रुप – आकार आकृति
- गुण – मंगलमय विशिष्ट लक्षण
- परत्व – सर्वोच्चता
- सौलभ्य – सुलभ, सजिलै प्राप्त हुने
- सौशिल्य – उदारता
- सौन्दर्य – सुन्दरता
- वात्सल्य – सहनशीलता, धैर्यता
- माधुर्य – मधुरता
- कृपा – करुणा, दया, अनुकम्पा
- शास्त्र – श्रीवैष्णवहरुलाई निर्देश गर्ने आधिकारिक ग्रन्थहरु जस्तै वेद, वेदान्त, पाञ्चरात्र, इतिहास, पुराण, दिव्य प्रवन्धहरु, आचार्य पूर्वाचार्यहरुका स्तोत्र व्याख्याहरु
- कर्म – कार्य (पुण्य पापसंग सम्बन्धित)
- मोक्ष – मूक्ति
- भगवत कैंकर्य मोक्ष – यस संसारबाट मोक्ष पश्चात परमपद (श्रीवैकुण्ठ) मा निरन्तर सेवामा मग्न हुने
- कैवल्य – यस संसारबाट मोक्ष पश्चात निराकार नित्य आत्मानुभूति मोक्ष जहाँ श्रीपरवासुदेव भगवानको कुनै साथ हुँदैन
- कर्म योग, ज्ञान योग र भक्ति योग – भगवानलाई प्राप्त गर्ने साधन
- प्रपत्ति, शरणागति – पूर्ण समर्पण, भगवानलाई प्राप्त गर्ने एक मात्र उपाय भगनानै हुनुहुन्छ भन्ने विश्वास गर्नु । आफुलाई आचार्यको चरणकमल समर्पण गर्ने भागवतहरुलाई निष्ठावान प्रपन्न भनिन्छ ।
- आचार्य निष्ठा – आचार्यको चरणकमलमा आफुलाई समर्पण गर्नु ।
- आचार्याभिमान – आचार्य द्वारा स्नेहपूर्ण संरक्षण प्राप्त गर्नु ।
- पञ्चसंस्कार, समाश्रयण – यस संसारमा र परमपदमा भगवत भागवत कैंकर्य सेवा गर्नको लागि कुनै एक मनुष्यलाई शुद्दिकरण गर्ने प्रकृया जुन निम्न बमोजिम गरिन्छ अर्थात श्रीवैष्णव हुने प्रकृया
- ताप – तप्त शंख र चक्र हातको बाहुहरुमा आचार्यद्वारा लगाइने प्रकृया । जसरी कुनै पनि बस्तुमा उक्त बस्तुको स्वामी अर्थात मालिकको नाम अथवा चिन्ह अंकित गरिएको हुन्छ त्यसरी नै श्रीवैष्णवहरुको बाहुहरुमा तप्त शंख र चक्रको चिन्ह लगाउनुको अर्थ हुन्छ हामी भगवानको बस्तु हौं ।
- पुण्ड्र – द्वादश उर्ध्वपुण्ड्र धारण – शरीरको बाह्र भागमा उर्ध्वपुण्ड्र (तिलक) र श्रीचूर्ण धारण गरी आफु भगवानको सम्बन्धी हुँ भन्ने भावना राख्नु र लोकमा देखाउनु ।
- नाम – दास्य नाम – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यबाट दिइएको भगवान सम्बन्धी नयाँ नाम जसको पछाडि रामानुज दास वा रामानुज दासी राखिएको हुन्छ । जस्तो प्रमोद रामानुज दास, गोदा रामानुज दासी ।
- मन्त्र – मन्त्रोपदेश – श्रीवैष्णव भैसके पश्चात आफ्नो आचार्यबाट गोप्य मन्त्र प्राप्त गर्नु । श्रीवैष्णव सम्प्रदायमा मुल मन्त्र (अष्टाक्षरी मन्त्र अर्थात तिरुमन्त्र) , द्वय मन्त्र र चरम मन्त्र गरी तीन मन्त्रहरु हुन्छन् । मन्त्रले हामीलाई यस संसारबाट मोक्ष मार्ग प्रदान गर्दछ ।
- याग – भगवान सेवा – भगवान सेवा अर्थात तिरुआराधना पद्दति जान्ने प्रकृया ।
- कैंकर्य – भगवान, आल्वार, आचार्य, भागवतको सेवा गर्नु जस्तै श्रीवैष्णव भागवतहरुलाई भोजन गराउनु, श्रीरामानुज सम्प्रदायलाई अगाडि बढाउने कार्य गर्नु आदि ।
- तिरुआराधना – वैदिक पद्दति अनुसार भगवानको सेवा
- तिरुवुल्लम – दिव्य हृदय
- शेषी – स्वामी
- शेष – दास
- शेषत्व – श्रीलक्ष्मण जी महाराजले भगवानको निरन्तर सेवा गर्नु भएझैं कुनै पनि समयमा भगवानको सेवा गर्न तयार रहने भावना
- पारतन्त्र – सम्पूर्ण रुपमा भगवान र भागवतको अधिनमा रहनु अथवा नियन्त्रणमा रहनु उदाहरणको लागि भरतजीले जस्तो भगवानको आज्ञा पालन गरि भगवानको बियोगमा रहन स्वीकार्नु ।
- स्वतन्त्र – स्वतन्त्र भएको अनुभव
- पुरुषकार – सिफारिश – जीवात्माहरु अयोग्य हुँदाहुँदै पनि तिनीहरुलाई स्वीकार गर्न भगवान समक्ष श्रीमहालक्ष्मीले सिफारिश गर्नु हुन्छ । अर्थात, हामी जीवात्माहरु अयोग्य हुँदाहुँदै पनि हामी माथि श्रीमहालक्ष्मीको अनन्य करुणा रहन्छ । हाम्रा आचार्यहरुलाई श्रीमहालक्ष्मीको प्रतिनिधि मानिएको छ । पुरुषकार गर्ने आचार्यका ३ प्रमुख गुणहरु हुन्छन् ।
- जीवात्मा माथि कृपा
- भगवान प्रति समर्पण भावना अर्थात पारतन्त्र
- अनन्यार्थ – सम्पूर्ण रुपमा भगवानको अधिनमा रहनु
- अन्य शेषत्व – भगवान वा भागवत बाहेक अरुको सेवा गर्नु अर्थात भगवान वा आचार्य बाहेक अन्य देवी देवतालाई आफ्नो स्वामी मान्नु
- विषयान्तर – सांसारिक विषयमा लाग्नु अर्थात भगवान सम्बन्धी कैंयर्क बाहेकका कार्य गर्नु ।
- देवतान्तर – भगवान श्रीमन्नारायण बाहेक अरु साधारण जीवात्मा, देवी देवतालाई नै भगवान मान्ने भुल गर्नु । वास्तविक भगवान त श्रीहरि श्रीमन्नारायण नै हुनुहुन्छ । समस्त देवी देवताहरु भगवानद्वारा यस संसारको व्यवस्थापन गर्नको लागि खटाइएका विभागीय प्रमुख हुन् । देवी देवताहरु पनि सांसारिक कर्ममा बाँधिएका हुन्छन् ।
- स्वगत स्वीकार – हामीले भगवान तथा आचार्यलाई स्वीकार गर्नु(म भन्ने शब्द प्रयोग गर्नु अहंकार हुन्छ)
- परगत स्वीकार – भगवान तथा आचार्यले स्वइच्छाले हामीलाई स्वीकार्नु ।
- निर्हेतुक कृपा – भगवानको हामी जीवात्मा प्रति अकारण नित्य करुणा
- सहेतुक कृपा – जीवात्माले आफ्नो प्रयासबाट प्राप्त गरेको भगवत कृपा
- नित्य – परमपद वैकुण्ठमा रहनुहुने परवासुदेव भगवानको नित्य सेवा गर्ने नित्य सूरीहरु जो सदा पवित्र तथा अनादि मुक्त हुनुहुन्छ ।
- मुक्त – संसारमा कुनै समयमा बाँधिएका जीवात्मा जसले अन्ततोगत्वा आचार्यको माध्यमबाट भगवानमा शरणागत भै परमपद प्राप्त गर्छन् ।
- बद्द – संसारी- यस संसारको सांसारिक माँयाजालमा हाल बाँधिएका जीवात्मा
- मुमुक्षु – आचार्यको माध्यमबाट भगवानमा शरणागत भै मोक्ष प्राप्त गर्न चाहने जीवात्मा
- प्रपन्न – भगवानमा शरणागत हुनुभएका श्रीवैष्णव ।
- आर्त प्रपन्न – यस दुखी संसारबाट एकैपटक अर्थात तत्कालै मोक्ष चाहने श्रीवैष्णव
- दृप्त प्रपन्न – भगवानमा शरणागत हुनुभएका श्रीवैष्णव जो यस संसारमा रहेर भगवान र भागवतको सेवा गर्दै अन्तमा परमपद प्राप्त गर्ने चाहना राख्नुहुन्छ ।
- तिर्थ – पवित्र जल
- श्रीपाद तिर्थ – चरणामृत – आचार्यको चरण कमलको तिर्थ (श्रीवैष्णव सम्प्रदायमा आफ्नो आचार्यको चरण परेको माटोलाई डल्लो पारी सो माटोलाई वर्षों सम्म आफ्नो साथमा आफ्नो आचार्यको चरणको प्रतिकको रुपमा राखी बिहान बेलुका तिलक गर्ने समयमा सो माटोको तिर्थ लिने गरिन्छ जसलाई पन श्रीपाद तिर्थ भनिन्छ ।)
- भोग – भगवानलाई अर्पण गर्न योग्य प्रसाद (प्रसादको योग्यता पूर्वाचार्यहरुको आदेशानुसार हुन्छ)
- प्रसाद – भगवानलाई अर्पण गरिएको पदार्थ जुन तत्पश्चात श्रीवैष्णवहरुका लागि भोजन हुन्छ ।
- उच्चिष्ट – यस शब्दको अर्थ पनि प्रसाद नै हो । हुनत अरुको जुठोलाई पनि उच्चिष्ट भनिन्छ । तर यस शब्दको अर्थ श्रीवैष्णव भागवतले पाइसकेर बाँकी रहेको पवित्र प्रसाद भन्ने अर्थ लाग्छ ।
- पडि – भोग
- सात्तुप्पडि – चन्दनको लेप
- शठारी, श्री शठकोप – भगवानको श्रीचरण कमल, भगवानको श्रीचरणकमलको रुप श्री शठकोप स्वामीजी हुनुहुन्छ ।
- मधुरकवि – मधुरकवि आल्वार श्री शठकोप स्वामीजीको चरणकमल हुनुहुन्छ ।
- श्रीरामानुज – आल्वार तिरुनगरीमा अवस्थित श्रीशठकोप स्वामीजीको चरणकमलको रुपमा श्रीरामानुज स्वामीजी हुनुहुन्छ । यसैगरी श्रीरामानुज स्वामी सबै आल्वारहरुको श्रीचरणकमल हुनुहुन्छ ।
- मुदलिअण्डान – श्रीदाशरथी स्वामी श्री रामानुज स्वामीजीको चरणकमल हुनुहुन्छ ।
- पोन्नडियाम सेंकमलम – श्रीवरवरमुनी स्वामीजी महाराजको श्रीचरणकमलः श्रीवानमामलै रामानुज जीयर स्वामीजी महाराज श्रीवरवरमुनी स्वामीजी महाराजको श्रीचरणकमल हुनुहुन्छ।
- साधारणतया आचार्य निष्ठ शिष्यलाई आचार्यको चरणकमल भनिन्छ । जस्तै श्रीपराशर भट्टर स्वामीजी महाराज श्रीगोविन्दाचार्य स्वामीजीको चरणकमल हुनुहुन्छ । त्यसैगरी श्री वेदान्ती स्वामीजी श्रीपराशर भट्टर स्वामीजी महाराजको चरणकमल हुनुहुन्छ । श्री कलिबैरिदास स्वामीजी श्री वेदान्ती स्वामीजीको चरणकमल हुनुहुन्छ ।
- विभूति – वैभव, सम्पत्ति
- नित्य विभूति – श्रीपरमपद वैकुण्ठ जहाँ श्रीपरावासुदेव भगवानको नित्य बास हुन्छ ।
- लिला विभूति – यस संसार
- अडियेन, दास – श्रीवैष्णव सम्प्रदायमा आफुलाई सम्बोधन गर्दा पुरुषले अडियेन दास स्त्रीले अडियेन दासी भन्ने गरिन्छ । म भन्दा अहंकार अाउँछ ।
- देवरर, श्रीमान् – अरु श्रीवैष्णवहरुलाई सम्बोधन गर्ने शब्द (साधारणतया पुरुष श्रीवैष्णवहरुलाई महात्माजी वा स्वामीजी भनिन्छ भने स्त्री श्रीवैष्णवहरुलाई आमाजी भनिन्छ ।)
- एञुन्दरल्लुतल – आउनु, बस्नु (यो एक तमिल शब्द हो ।)
- कण् वल्लरुतल् – शयन मुद्रा
- निराट्टम – स्नान
- शयनम् – शयन गर्नु
- श्रीपादम् – मन्दिरहरुमा उत्सवको अवसरमा भगवान आल्वार आचार्यहरुलाई पालकीमा बिराजमान गराउनु
- तिरुवडी – भगवान वा आचार्यको चरणकमलः श्रीसम्प्रदायमा हनुमानजी महाराजलाई पनि तिरुवडी भनी सम्बोधन गरिन्छ ।
- व्याख्यान – समीक्षा, भाष्य, टिप्पणी
- उपन्यास – सम्भाषण, उपदेश (आचार्यहरुबाट भनिएकाे सम्प्रदाय सम्बन्धी कथा)
- कालक्षेप – आचार्यहरुबाट बुँदागत रुपमा शास्त्र, सम्प्रदाय सम्बन्धी मुल ग्रन्थ पढ्दै साे को व्याख्या गर्दै गरिने कथा ।
- अष्टदिग्गज – श्रीवैष्णव सम्प्रदायलाई सबैतिर प्रचार प्रसार गर्नको लागि जीवात्माहरुलाई श्रीवैष्णव बनाउनको लागि श्रीवरवरमुनी स्वामीजी महाराजले आफ्ना अतिप्रीय योग्य ८ जना शिष्यहरुलाई अाचार्य नियुक्त गर्नु भयो । वहाँ ८ जना आचार्यहरुलाई अष्टदिग्गज भनिन्छ । आजपनि अष्टदिग्गज आचार्य परम्पराबाटनै श्रीवैष्णव शिष्य परम्परा चलिरहेको छ ।
- ७४ सिंहाशनाधिपति – श्रीवैष्णव सम्प्रदायलाई सबैतिर प्रचार प्रसार गर्नको लागि जीवात्माहरुलाई श्रीवैष्णव बनाउनको लागि श्रीरामानुज स्वामीजी महाराजले आफ्ना अतिप्रीय योग्य ७४ जना शिष्यहरुलाई अाचार्य नियुक्त गर्नु भयो । वहाँ ७४ जना आचार्यहरुलाई ७४ सिंहाशनाधिपति भनिन्छ ।
श्रीवैष्णव दर्शनशास्त्र सम्बन्धि शब्दावली
- विशिष्टाद्वैत – चित् अचित् र ईश्वर सम्बन्धि दर्शनः भगवान श्रीमन्नारायण सर्वोच्च ब्रम्ह हुनुहुन्छ र चित् तथा अचित् भगवानकै अंश हुन् भन्ने प्रमाणिक वैदिक सिद्दान्तः श्रीवैष्णव सिद्दान्त
- सिद्दान्त – श्रीवैष्णव सिद्दान्त
- मिथुन – दम्पत्ति – भगवान र महालक्ष्मी
- एकायनम् – भगवान श्रीमन्नारायणको सर्वोच्चलाई स्वीकार गर्नु तर भगवानलाई श्रीयपतिको रुपमा महत्व नदिनु ।
- मायावाद – यस्तो सिद्दान्त जसले एक ब्रम्हलाई सत्य मान्छ र अरु सबै बस्तुलाई असत्य वा भ्रम मान्छ । श्रीवैष्णव सम्प्रदायले मायावादको घोर विरोध गर्दछ ।
- आस्तिक – जसले शास्त्रलाई प्रमाण मान्दै श्रीमन्नारायण भगवानको भक्ति गर्दछ ।
- नास्तिक – जसले शास्त्र मान्दैन । पाखण्डी ।
- बाह्य – जसले शास्त्र मान्दैन । पाखण्डी ।
- कुदृष्टी – जसले आफ्नो सजीलोको लागि शास्त्रको गलत व्याख्या गर्छ ।
- आप्त – विश्वसनीय श्रोत
- प्रमा – वैध तथा वास्तविक ज्ञान
- प्रमेय – वास्तविक ज्ञानको उद्देश्य
- प्रमाता – वास्तविक ज्ञान प्रदान गर्ने आचार्य
- प्रमाण – वास्तविक ज्ञान प्राप्त गर्ने साधन
- प्रत्यक्ष प्रमाण – अाँखाले देखेर कानले सुनेर प्रत्यक्ष रुपमा प्राप्त गरिने प्रमाण
- अनुमान – पुराना अनुभवहरुबाट निष्कर्ष निकालिएको
- शब्द – शास्त्रमा लेखिएको प्रमाण
- तत्व त्रय – प्रपन्नहरुले बुझ्नै पर्ने तीन सत्यहरु
- चित – जीवात्मा, चेतन
- अचित – निर्जीव वस्तु, प्रकृति
- ईश्वर – भगवान श्रीमन्नारायण
- रहस्य त्रय – पञ्चसंस्कार अथवा समाश्रयण गराउँदा आचार्यद्वारा प्रदान गरिने तीन गोप्य मन्त्र
- मुलमन्त्र – अष्टाक्षरी मन्त्र
- द्वयम् – द्वय मन्त्र
- चरम श्लोक – चरम मन्त्र
- अर्थ पञ्चक – आचार्यद्वारा प्रदान गरिने पाँच आधारभुत सिद्दान्त
- जीवात्मा – चित्
- परमात्मा – भगवान
- उपेय, प्राप्य – लक्ष्य
- उपाय – लक्ष्य प्राप्त गर्ने साधन
- विरोधी – लक्ष्य प्राप्तीमा आउने बाधाहरु
- आकारत्रय – प्रत्येक जीवात्मासंग हुनुपर्ने तीन अाधारभुत गुणहरु
- अनन्य शेषत्व – भगवानलाई नै एकमात्र स्वामी मान्नु
- अनन्य शरणत्व – भगवानलाई नै एकमात्र संरक्षक मान्नु
- अनन्य भोग्यत्व – आफुलाई भगवानको बस्तु मान्नु
- सामानाधिकरण्य – एक भन्दा बढी तत्वको लागि एक समान आधार
- वैयधिकरण्य – एक भन्दा बढी तत्वको लागि विभिन्न आधार
- समष्टी सृष्टी – भगवानले पञ्चभुतको सृष्टी गरिसकेपछि ब्रम्हालाई नियुक्त गर्नुहुन्छ । यहाँसम्मको सृष्टीलाई समष्टी सृष्टी भनिन्छ ।
- व्यष्टी सृष्टी – भगवानले अाफ्नो अन्तर्यामी रुपबाट ब्रम्हा तथा ऋषीहरुलाई सृष्टी गर्नको लागि अधिकार सम्पन्न गर्नुहुन्छ । यहाँसम्मको चरणलाई व्यष्टी सृष्टी भनिन्छ ।
- व्यष्टी संहार – भगवानले अाफ्नो अन्तर्यामी रुपबाट रुद्र, अग्नी देवताहरुलाई संहार गर्नको लागि अधिकार सम्पन्न गर्नुहुन्छ ।
- समष्टी संहार – भगवानले पञ्चभुत तथा अन्य सृष्टीलाई आफुमा समाहित गर्नुहुन्छ ।
अधिक जानकारीको लागि: https://kaarimaaran.com/downloads/
श्रीवानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।
अडियन् प्रमोद रामानुज दास (नेपाल)
Source – https://granthams.koyil.org/readers-guide-english/
archived in https://granthams.koyil.org/
प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र)– https://granthams.koyil.org
प्रमाता (आचार्य)– https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि– https://pillai.koyil.org